STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अध्यक्षमा युवराज आचार्य सर्वसम्मत, लोक तथा दोहोरी गीत प्रतिष्ठान जापानमा 

Janjati Khabar – जनजाति खबर | २०७४ माघ १७, बुधबार

टोकियो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जापानको अध्यक्षमा युवराज आचार्य चुनिएका छन् ।

आइतबार टोकियोमा सम्पन्न प्रतिष्ठानको प्रथम अधिवेशनले आचार्यको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

प्रतिष्ठानले उपाध्यक्षमा सुर्य खड्का र पुरुषोत्तम सिग्देललाई चयन गरेको छ । त्यस्तै सचिवमा नारायण कंडेल र सह-सचिवमा माधव सिग्देल र सोना के.सी सर्वसम्मत भए ।

यस्तै ऋषिराम पौडेल कोषाध्यक्ष र महेन्द्र न्यौपाने सह-कोषाध्यक्षमा चुनिएका छन् ।

सदस्यमा यदुराम सापकोटा, चेतन घर्तिमगर, प्रभा न्यौपाने, खड्क पुन, रमेश पाण्डे (छवि), खेमराज पौडेल, होम पुन, निशा क्षेत्री, बिष्णु कंडेल, विशाल क्षेत्री, नारायण अधिकारी, दिपक शर्मा, प्रकाश कंडेल, रेखा थापामगर, दिपन खत्री, समुद्रराज पौडेल, अमित सापकोटा, प्रेमकुमार बस्नेत, नकुल प्रसाद गौतम चयन भए ।

सबै पदमा सर्वसम्मत भएको निर्वाचन समितिका संयोजक रामकृष्णबम मल्लले बताए ।

कार्यक्रममा जापानस्थित नेपाली राजदूतवासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल, सांसद सुर्य पाठक, प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष एवं विदेश बिभाग प्रमुख रमेश बिजी, व्यवसाय ईश्वरीप्रसाद कंडेललगायत जापानका संघसंस्थाहरुको उपस्थिती रहेको थियो ।

को हुन् युवराज आचार्य

बागलुङ जिल्लामा जन्मिएका गायक आचार्य ०५५/०५६ सालदेखि लोक दोहोरी क्षेत्रमा होमिएका हुन् ।

‘जालमा परियो, पिरती लाएर गल्ती गरियो’ गीतमार्फत सांगीतिक यात्रा सुरु गरेका आचार्यलाई ‘मिर्मिरे उज्यालो, भाले बासेको’ गीतले लोकप्रियता दिलायो ।

उनको ‘आफ्नै मन घाइते बनाउँछु’, ‘उतै बस उतै माया लाउ’, ‘चरी फूलमा मौरी रसैमा’, ‘धरोधर्म सत्य रामाराम’, ‘छिटो घर आउ’, ‘फूलको डाली नुग्न’लगायतका गीतहरु चर्चित छन् ।

आचार्य नेपाल रहँदा प्रतिष्ठान उपत्यका समन्वय समितिको अध्यक्ष समेत थिए । घाँटीमा समस्या आएपछि केहि वर्ष गीतसंगीतबाट टाढा रहेका उनले जापानबाटै ‘नौलो माया’, ‘झ्याप्पै बत्ती गयो’, ‘दुई मुटु छुट्टिने बेला’लगायत गीतहरु बजारमा ल्याएका छन् ।

Categorized in राष्ट्रिय