STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अनुगमनका क्रममा कुहिएको मासु नष्ट

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन १७, शुक्रबार

भक्तपुर नगरपालिकाले मासु पसल अनुगमन गरेको छ । आज नगरपालिकाका पसल अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा कमलविनायक, व्यासी र भुलाछें लगायतका क्षेत्रमा भएको मासु पसल अनुगमनमा अधिकांश मासु पसल सुधार गर्नुपर्ने र न्यूनतम मापदण्डसमेत नपु¥याई सञ्चालन गरेको पाइएको छ । अनुगमनमा हरिकृष्ण खड्गीले राँगाको मासु पसल पटक पटक गरेको अनुगमनमा पसल दर्ता गर्न दिएको निर्देशन अटेर गरेको, फ्रिजमा कुहिएको र बिग्रेको मासु राखिराखेको पाइएको निरीक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो । टोलीले उक्त पसलबाट कुहिएको र सडेको मासु नष्ट गरेको, फ्रिज सफा गर्न, पसल सरसफाइ गरी व्यवस्थित गर्न, मासु धुलो र झिँगा नभन्किने गरी जालीले छोपेर राख्न, बासी र बिग्रेको मासु नबेच्न, एप्रोन सेतो अनिवार्य प्रयोग गर्न निर्देशन दिएको छ । त्यस्तै जयकाली मिट शप पसलले नवीकरण नगरेको, मासु काट्ने औजार खिया लागेको, पसल फोहर भएका, एप्रोन प्रयोग नगरेको, कुहिएको र बिग्रिएको बासी मासु बिक्रीमा राखेको पाइएपछि कुहिएको चार किलो मासु जफत गरी नष्ट गरिएको छ । त्यसैगरी महाकाली मिट शप पसलले नवीकरण नगरेको, फ्रिजमा भेज र मासु छुट्टाछुट्टै नराखेको, एप्रोन, हेयरनेट, माक्स र पञ्जा प्रयोग नगरेको, बधस्थलमा फोहर र दुगन्र्धित भएको पाइएको छ । यता लक्ष्मीदास शाहीको राँगोको मासु पसल दर्ता नगरेको, मासु कपडा भिजाएर छोपेको, सडक पेटी र बाटोमा टेबुल राखेर मासु बेचबिखन गरेको, भुइँ भित्ता सफा गर्न मिल्ने गरी कार्पेट वा टायल नराखेको पाइएको छ । न्यू चिकेन स्टोरमा सरसफाइमा ध्यान नदिएको र एप्रोन सेतो प्र्रयोग नगरेको तथा पी।एस।मिट शप पसल नवीकरण नगरेको पाइएको छ । त्यस्तै क्वालिटी कोल्ड स्टोर मःमः को पाकेजिङमा उत्पादन मिति नभएको, मासुको किमा लगायतमा लेबल राखेर मात्र बेचबिखन गर्न निर्देशन दिइएको छ । न्यू महालक्ष्मी कोल्ड स्टोरमा पसलमा सामानहरु दाना, जेनेरेटरलगायत अन्य सामानहरु जथाभावी राखेर व्यवस्थापन नगरेको, कमलविनायक मिट शपमा दर्ता प्रमाणपत्र पसलमा नराखेको, सामानहरु जथाभावी राख्दै, फोहर र एप्रोन सेतो प्रयोग नगरेको पाइएको छ । त्यस्तै विकास मिट एप्रोन प्रयोग नगरेको, सुरेन्द्र मिट हाउसमा मासु सफा गर्ने पानी एकदम दूषित भएको, सराज मिट शप दर्ता नवीकरण नगरेको, मूलढोका ब्रोइलर हाउस दुई वर्षदेखि पसल नवीकरण नगरेको, मूल्यसूची नराखेको निरीक्षक प्रजापतिले बताउनुभयो । अनुगमनमा समितिका सदस्यसचिव दिलीपकुमार सुवाल, भनपा स्यानिटेशन उपशाखाका व।नि। रामकृष्ण प्रजापति, पशु सेवा शाखाका लालमती लामा, राष्ट्रिय उपभोक्ता मञ्चबाट मनोज थापा, उद्योग वाणिज्य सङ्घका सञ्जय जोन्छे, महानगरीय प्रहरी परिसरका राजबहादुर डगौरा र नगरपालिकाका कर उपशाखाका न्हुज किजूको सहभागिता थियो ।
Categorized in राष्ट्रिय