STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपडेट : सिन्धुपाल्चाेक पहिराेमा १३ जना सम्पर्कविहीन, १३ घर पुरिए, ३० घर जाेखिममा

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ३०, शुक्रबार

काठमाडौं – सिन्धुपाल्चोकको जुगल गाउँपालिका – २ लिदिको लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका छन् । पहिरोमा परी पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन छन् । पाँच परिवारका १३ जना सम्पर्कविहीन रहेकाे जनाइएकाे छ । पहिरोको कारण ३० घर जोखिममा परेको बताइएको छ । घटनास्थलबाट ७ किलोमिटर टाढा झिर्कुबाट नेपााली सेनाको टोली उद्धारका लागी घटनास्थल तर्फ जाँदै छ । कात्तिके र जलविरेबाट प्रहरी पनि घटनास्थल तर्फ जाँदै छ । उद्धारका लागी अरु तीनवटा हेलिकप्टरबाट सुरक्षाकर्मीलाई त्यसतर्फ पठाउन लागिएको बताइएको छ ।
Categorized in अपराध-दुर्घटना