अपहरणमा परेकी महिलाको चाल्नाखेलबाट सकुशल उद्धार
Janjati Khabar – Janjati Khabar | २०८१ कार्तिक ७, बुधबार
काठमाडौँ - काठमाडौँको चाल्नाखेलमा बन्धक बनाएर राखिएकी महिलालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उद्धार गरेको छ । पीडितलाई सकुशल उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए ।
बन्धक बनाउने काममा संलग्न एकजना युवतीलाई प्रहरीले पक्राउ गरेको छ । विदेश जाने सिलसिलामा १६ लाख लिएको विषयमा विवाद हुँदा आरोपीहरूले महिलालाई बन्धक बनाएका हुन् ।
अपहरणमा संलग्न एकजना फरार छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
Categorized in अपराध-दुर्घटना

