STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अफगानिस्तानमा सरकारी फौजको कारबाही जारी

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १२, आइतबार

अफगानिस्तानको पूर्वी प्रान्तमा आइतबार गरिएको सैनिक कारबाहीमा कम्तीमा १५ जना तालिबान लडाकूको मृत्यु हुनुका साथै नौ जना घाइते भएका छन् । विशेष फौजका तर्फबाट जारी वक्तव्यमा अफगान फौजले आइतबार बिहान वार्दाक र पाक्टीका प्रान्तमा गरेको कारबाहीमा १५ जना तालिबानी लडाकूको मृत्यु भएको जनाइएको छ । सुरक्षा कारबाहीमा मारिएका लडाकूहरु विगतदेखि नै विभिन्न आपराधिक कार्यहरुमा संलग्न रहेका र मारिएका एक लडाकू तालिबानका डिभिजनल कमान्डर समेत रहेको विज्ञप्तिमा उल्लेख छ । अफगानिस्तानमा पछिल्ला केही महिनादेखि हिंसात्मक झडपका घटनामा व्यापक वृद्धि भएको छ । आक्रमणबाट ठूलो संख्यामा सर्वसाधारणको ज्यान गएको छ । यसैबीच, उत्तरी अफगानिस्तानको कुन्दुज प्रान्तमा सुरक्षाफौजसँगको भिडन्तमा तीन जना प्रहरी र सात जना तालिबान लडाकूकको ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ ।
Categorized in अन्तर्राष्ट्रिय