STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अब नायिका आशिष्मा नकर्मी पनि विज्ञापनमा

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २३, बिहिबार

नेपालभाषा तथा खस नेपाली चलचित्रका चर्चित नायिका आशिष्मा नकर्मी हिजोआज चलचित्रको अलावा विभिन्न उत्पादनका विज्ञापनहरुमा व्यस्त हुन थालेकी छिन्।

नेपालभाषा चलचित्रका चर्चित नायिका बनिसकेकी नकर्मीले पछिल्लो पल्ट गोल्डेन डायमण्ड एण्ड ज्वेलरीको विज्ञापनमा मोडलिङ गरेकी छन् । सुन र डायमण्ड जनजीवनसंग सम्बन्धित महत्वलाई दर्शाउन र त्यसको आवश्यकतालाई जस्ताको तस्तै प्रस्तुत गर्ने उदेश्य अनुरुप उक्त विज्ञापनमा मोडलिङ गर्ने कार्य भएको हो ।

उक्त विज्ञापनका निर्देशन संचारकर्मी शैलेश डंगोलले गरेका हुन् । टेलिभिजनकर्मीको रुपमा रहेका निर्देशक डंगोलको छायांकन तथा निर्देशनमा ललितपुरको मंगलबजार हःखा टोलस्थित गोल्डेन डायमण्ड एण्ड ज्वेलरी सपको प्रमोसनल विज्ञापन तयार भएको हो।

विज्ञापन अत्यन्त चित्ताकर्षक बनेको र उक्त विज्ञापनले सुन र डायमण्डको आवश्यकता तथा महत्वलाई व्यापक रुपमा दर्शाएको छ।

Categorized in सिनेमा