STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अब शनिबारबाहेक सार्वजनिक बिदाका दिन पनि सरकारी कार्यालय खुल्ने

Janjati Khabar – Janjati Khabar | २०७९ फाल्गुण ११, बिहिबार

काठमाडौं- मन्त्रिपरिषदको बैठकले शनिबारबाहेक सार्वजनिक बिदाका दिन पनि अत्यावश्यक सरकारी कार्यालय खोल्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले छलफलपश्चात् उक्त निर्णय गरेको हो । बैठकमा सार्वजनिक बिदा धेरै भएको र सार्वजनिक बिदाका विषयमा अनेकन् आलोचना भइरहेकालाई त्यसलाई मध्यनजर गर्दै शनिबारबाहेकका बिदाका दिन पनि महत्त्वपूर्ण सरकारी कार्यालय खोल्ने विषयमा छलफल भएको थियो ।

यससँगै शनिवारबाहेकका बिदाका दिन पनि अब जिल्ला प्रशासन कार्यालय, अस्पताल, बैंक, प्रहरी कार्यालयलगायत अत्यावश्यक कार्यालय खुला हुने भएका छन् ।

Categorized in राष्ट्रिय