अविनाशीको ‘काठमाडौँ शहर’ सार्वजनिक
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १३, शुक्रबार
गीतकार राम अविनाशी’को दोस्रो म्युजिक भिडियो ‘काठमाडौँ शहर’ सार्वजनिक भएको छ ।
वैदेशिक रोजगारीको पीडालाई देखाउन खोजेको उक्त गीत बिहीबार सार्वजनिक गएिको हो । युवा गायक सविन लामाको स्वर रहेको उक्त गीतमा गीतकार अविनाशीले बाबुआमालाई काठमाडौँमा राख्ने अभिलासाले वैदेशिक रोजगारीमा गएको छोराको सङ्घर्षलाई देखाउन खोज्नुभएको छ ।
अन्तर्राष्ट्रिय साहित्य समाजका बोर्ड अफ ट्रष्टीका कोषाध्यक्षसमेत रहनुभएका लामा पत्रकारितामा समेत संलग्न हुनुहुन्छ । कथा, गीत, कविता र समसामयिक लेखमा रुचि राख्ने लामाले अन्तर्राष्ट्रिय साहित्य समाजमार्फत दुई हजार ५०० अमेरिकी डलरको ‘राम लामा साहित्य पुरस्कार’ समेत स्थापना गर्नुभएको छ । लामाको यसअघि ‘मेरो बदनाम’ नामक म्युजिक भिडियो सार्वजनिक भएको थियो ।
Categorized in राष्ट्रिय


