आज ठाउँ ठाउमा सक्कली भन्दा नक्कली बम
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १०, मंगलबार
झापा, बर्दिया नुवाकोटमा पनि शंकास्पद वस्तु, पोखरामा पनि नक्कली बम । किर्तिपुर महानगर प्रहरी वृत कार्यलयमा आज बिहानै एक स्थानीय ले टेलिफोन गरि किर्तिपुर वडा नं १० नयाबजारमा बम छ, भनि जानकारी गराएका थिए । स्थानीयको जानकारी दिए लगतै प्रहरी त्यस ठाउमा पुगेका थिए । त्यो बेला सम्म मानिसहरुको भिडभाड जम्मा भइसकेको थियो सडकमा भएको भिडको कारणले गर्दा सवारी साधन को आवज जावत ठप्प भएको हो । त्यस ठाउमा प्रहरीले शकास्पद वस्तु भएको ठाउलाई घेरा गरिसकेपछि नेपाली सेनाले बम डिस्पोज गरे । शंकापद बस्तुलाई डिस्पोज गरिसके पछि बम नभएको पुष्टि गरि यो सुतली बम मात्र हो भनि जानकारी दिएको हो किर्तिपुरमा मात्र नभइ जाउलाखेल पनि नक्कली बम फेला परेको छ ।
Categorized in अपराध-दुर्घटना

