STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आज दिउँसो ४ बजे मन्त्रिपरिषद बैठक बस्दै

Janjati Khabar – Janjati Khabar | २०७९ माघ २३, सोमबार

काठमाडौं - आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ । बैठक आज दिउँसो ४ बजे सिंहदरबारमा बस्ने भएको हो ।

बैठकमा सुरक्षा अधिकारीहरुको बढुवाका विषयमा छलफल हुनेछ । त्यसका अलावा मन्त्रिपरिषदको नियमित एजेण्डाका विषयमा छलफल हुने जनाइएको छ ।

सरकारमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार मात्रै सरकार छाडेको छ ।

रास्वपाले स्वास्थ्य राज्यमन्त्रीसहित ३ मन्त्रालय र एक राज्यमन्त्री पाएको थियो ।

उक्त रिक्त मन्त्रालयमा तत्काल मन्त्री नियुक्त नगर्ने निर्णयमा प्रधानमन्त्री छन् ।

Categorized in राजनीति