STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आज मंगल ग्रह पृथ्वी र सूर्यको सिधा रेखामा

Janjati Khabar – एजेन्सी | २०७७ आश्विन २७, मंगलबार

आज मंगलबार मंगल ग्रह र पृथ्वी आमने सामने हुँदैछन् । अमेरिकी अन्तरिक्ष संस्था (नासा)का अनुसार मंगल ग्रह आज पृथ्वी र सूर्यको सिधा रेखामा पर्नेछ।

यसको अर्थ यी तीनै ग्रह १८० डिग्रीको कोणमा रहनेछन्। त्यसैले मंगल ग्रह आज सबैभन्दा चम्किलो र ठूलो देखिने खगोलशास्त्रीहरुले बताएका छन् ।

आज जीएमटी २३ः२० मा मंगल, पृथ्वी र सूर्य तीनवटै ग्रह १८० डिग्रीको कोण अर्थात् सीधा लाइनमा हुने नासाले जनाएको छ ।

यसलाई एक दुर्लभ खगोलीय घटना मानिएको छ। अपोजिसनको यो घटना हरेक २६ महिनामा एक पटक हुने खगोलशास्त्रीहरु बताउँछन् । यसको मतलब अब मंगल ग्रहको अपोजिसन डिसेम्बर २०२२ भन्दा अगाडि हुने छैन ।

तर ६अक्टुबरमै मंगल ग्रह पृथ्वीको नजिक आएको थियो। उक्त दिन पृथ्वीबाट मंगल ग्रहको दूरी ३८.६ मिलियन माइल थियो। सन् २००३ मा मंगल ग्रह पृथ्वीबाट ३४.८ मिलियन माइल नजिकसम्म आएको थियो। अब २२८७ वर्षसम्म यति नजिक नआउने नासाले जनाएको छ।

यसअघि असोज २० गते नेपाली समयअनुसार करिब ८ बजेको हाराहारीमा मंगल ग्रह पृथ्वीसँग सबैभन्दा नजिक भएकाे नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले जनाएको छ । तर आज भने पृथ्वी, मंगल र सूर्य एउटै सीधा रेखामा रहने भएकाले यो दृष्यलाई खास मानिएको छ । 

आज राति घर बाहिर निस्किएर आकासमा हेरेमा अलि ठूलो ताराजस्तो चम्किलो र रातो वस्तु देखिने म‌ंगल ग्रह हुनेछ ।

Categorized in विज्ञान-प्रविधि