STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आज रामनवमी, देशैभरी सार्वजनिक बिदा

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख ५, बुधबार

काठमाडौं - आज रामनवमी पर्व मनाइँदैछ। हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा आराधना गरेर यो पर्व मनाउने गर्छन्।

रामनवमी पर्वको अवसरमा सरकारले आज देशैभरी सार्वजनिक बिदा दिएको छ। हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ।

आज भक्तालुजनले नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा रहेको छ । संस्कृतिविद् रामदयाल राकेशका अनुसार रामचन्द्र भगवानको जन्मदिन भएकाले यो पर्व हिन्दू धर्मावलम्बीको लागि विशेष धार्मिक पर्व हो। 

मिथिला क्षेत्रमा रामनवमीको अझै बढी महत्व छ। आज रामको नाममा पूजापाठ गरे, नदीमा स्नान गरेर पून्य आर्जन हुन्छ भन्ने मान्यता छ।

Categorized in राष्ट्रिय