STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

इजरायलमा अलपत्र परेका नेपालीको सहयोगका लागि सरकारले तोक्यो सम्पर्क व्यक्ति

Janjati Khabar – Janjati Khabar | २०८० आश्विन २२, सोमबार

काठमाडौं- सरकारले इजरायलमा अलपत्र परेका नेपालीको सहयोगका लागि सम्पर्क व्यक्ति तोकेको छ ।

परराष्ट्र मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै  इजरायलमा अलपत्र परेका नेपालीहरूको आवश्यक जानकारी, सहयोग र सहजिकरणको लागि  सम्पर्क व्यक्ति तोकेको हो ।

सरकारले परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्साल, सहसचिव शरदराज आरण, उपसचिव दुरपदा सापकोटा र शाखा अधिकृत कृष्ण सिलवाललाई सम्पर्क व्यक्ति तोकेको छ । 

यस्तै नेपाली राजदूतावास इजरायलका राजदूत कान्ता रिजाल र प्रथम सचिव अर्जुन घिमिरेलाई पनि सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ । 

Categorized in राष्ट्रिय