STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

इन्द्रेणीपोखरीको मुहार फेरिँदै

Janjati Khabar – जनजाति खबर | २०७६ पौष ८, मंगलबार

खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा रहेको पर्यटकीयस्थल इन्द्रेणीपोखरीको स्तरोन्नति शुरु गरिएको छ । ‘परापूर्वकालमा इन्द्रले वाण हानेपछि उम्रिएको पानी जमेर पोखरी बनेका’े भन्ने कथन यहाँ रही आएको छ । समुद्री सतहदेखि करीब एक हजार ७०० मिटर उचाइमा रहेको उक्त पोखरी स्तरोन्नतिका गर्न रु एक करोड १० लाख ३१ हजार ४४० रकम विनियोजन गरिएको छ । पोखरी आसपास बालउद्यान, पानीको फोहोरासहितको पोखरी निर्माणलगायतका काम शुरु गरिएको वडाध्यक्ष देवेन्द्र राईले जानकारी दिनुभयो । “पोखरीको नाममा रहेको करीब २१ रोपनी जग्गामा ४८ मिटर लम्बाइ र २६ मिटर चौडाइको कृत्रिम पोखरी निर्माणाधीन छ”, उहाँले भन्नुभयो, “पोखरीमाथि इन्द्रेणीको स्वरुप देखाउन कृतिमरूपमा फलामको पाता प्रयोग गरेर निर्माण गरिएको इन्द्रेणी राखिएको छ ।” प्राकृतिकरूपमै पर्यटकीयस्थल रहेको इन्द्रेणीपोखरीलाई थप सुन्दर र मनमोहक बनाउँदै पर्यटक भित्र्याउन गाउँपालिकाले थालेको पहलप्रति स्थानीयवासी हर्षित छन् । “इन्द्रेणीपोखरीसँगै वरपरको प्राकृतिक संचनालाई आन्तरिक तथा बाह्य पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सरोकारवाला सबैको कर्तव्य र दायित्व हो”, स्थानीयवासी इन्द्र नारथुङ्गेलले भन्नुभयो, “राज्यकोषको लगानीमा निर्माण हुने संरचनालाई गुणस्तरीय र उपयोगी बनाउन सबैले चासो दिन जरुरी छ ।” गाउँपालिका उपप्रमुख कविता राईले इन्द्रेणीपोखरीबाट धार्मिक तथा पर्यटकीयस्थल बरापोखरी, उत्तर पूर्वी क्षेत्रमा ट्याम्के, सोलढुङ्गा, कपासे तथा रोक्सिम भञ्ज्याङलगायत पर्यटकीयस्थल जोड्न सडकमार्ग खोल्ने काम भइरहेको जानकारी दिनुभयो जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने इन्द्रेणीपोखरीबाट सर्वोच्च शिखर सगरमाथालगायत हिमशृङ्खला तथा तराईका फाँटहरुको दृष्यावलोकन गर्न सकिन्छ । जलहाँस तथा मलेवाको क्रिडास्थल ९खेल्ने ठाउँ० इन्द्रेणीपोखरीमा हरेक नयाँ वर्ष ९वैशाख १ गते०का दिन मेला लाग्ने गर्दछ । राष्ट्रिय सडक सञ्जालसँग जोडिएको इन्द्रेणीपोखरीमा बाहै्र महिना वनभोज खाने र दृष्यावलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । सगरमाथा राष्ट्रिय राजमार्गको दिक्तेल–हलेसी सडकखण्डको रसुवाघाटबाट खोलिएको शाखा सडक हुँदै इन्द्रेणीपोखरी पुगिन्छ । लेकाली जनावर तथा चराचुरुङ्गीसमेत देख्न पाइने इन्द्रेणीपोखरीमा सञ्चार सेवाको समेत राम्रो सुविधा रहेको छ । ठूला चउर र घाँसेमैदान रहेको इन्द्रेणीपोखरी सोही पोखरीको नामबाट राखिएको जानकारहरु बताउँछन् । नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै जाँदा जिल्लाका हरेक स्थानीय तहले पर्यटकीय क्षेत्रको सरसफाइ तथा स्तरोन्नतिको कामलाई तीव्रता दिएका छन् । त्रिधार्मिकस्थल हलेसी, बराहपोखरी, टेम्के, तावाभञ्ज्याङ, रुपाकोट, मझुवागढी, भुलभुलेलगायतका धार्मिक तथा पर्यटकीयस्थल सरसफाइ तथा स्तरोन्नति गरिएको हो । नेपाल भ्रमण वर्षको अवसर पारेर जिल्लाका विभिन्न ठाउँमा महोत्सवको आयोजनासमेत गरिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा १० दिने ‘खोटाङ महोत्सव’, त्रिधार्मिकस्थल हलेसीमा ‘हलेसी महोत्सव’, ऐँसेलुखर्क गाउँपालिकामा ‘बहानेपाखरी महोत्सव’लगायतका कार्यक्रम तय गरिएको छ ।
Categorized in राष्ट्रिय