STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उचित मूल्य समायोजन गर्न आयल निगमलाई ज्ञापनपत्र

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ६, बिहिबार

काठमाडौं– पेट्रोलियम पदार्थको मूल्यको उचित समायोजन गर्न समाजवादी पार्टी नेवाः राष्ट्रिय समितिले पहल गरेको छ । समितिले चैत ५ गते बुधबार नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहसँग भेट गरी विश्व बजारमा ६८ प्रतिशत मूल्य घटेजस्तै नेपाली बजारमा पनि उपयुक्त मूल्य समायोजन गर्न ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझाउन मनरत्न शाक्यको नेतृत्वमा आयल निगम पुगेको टोलीले निगमका कार्यकारी निर्देशक शाहलाई ज्ञापनपत्र बुझाएको थियो । विश्व बजारमा पेट्रोलियम पदार्थ (पेट्रोल–डिजेल)को मूल्य ६८ प्रतिशतसम्म घटेको थियो । विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे पनि नेपाल सरकारले प्रतिलिटर २ रुपैयाँ मात्र मूल्य घटाएको थियो । नेपाल सरकारले पेट्रोलियम पदार्थमा विश्व बजारको मूल्य मान्यतासँग खेलवाड गरेको र नेपाली जनतालाई ठग्ने दाउमा लागेको आरोप समितिले लगाएको छ ।
Categorized in राष्ट्रिय