STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उत्तर कोरियाली नेता किम स्वदेश फिर्ता

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १३, शुक्रबार

उत्तर कोरियाली नेता किम जोङ–अन शुक्रबार रुसको सुदूरपूर्वी तटीय शहर भ्लादिभोस्तकबाट स्वदेश फर्किनुभएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम बुधबार निजी रेलमा चढेर रुसको भ्लादिभोस्तक पुग्नुभएको थियो । 
रुसी राष्ट्रपति भ्लालिमिर पुटिन र नेता किमबीच द्वीपक्षीय हितलगायतका विषयमा भएको सम्मेलनपछि किम शुक्रबार  त्यहाँबाट फकिर्नु भएको छ । भ्लादिभोस्तक रेल स्टेशनबाट किम ग्रीनबीच समयानुसार ०५३० मा फर्किनु भएको हो  । 
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको सुदूरपूर्वी तटीय शहर भ्लादिभोस्तकमा पहिलो पटक प्रत्यक्ष भेटवार्ता भएको हो । यी दुई नेताबीचको भेटवार्ताले मस्को र प्योङयोङबीचको सम्बन्ध अझै बलियो हुने विश्वास गरिएको छ । 
दुबै नेताबीच भ्लादिभोस्तकको रुस्की द्वीपस्थित फार इस्टर्न फेडेरल युनिभर्सिटी क्याम्पसमा भेटवार्ता भएको थियो । भ्लादिभोस्तकको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
रुसी राष्ट्रपति पुटिनले बिहीबार नै भ्लादिभोस्तक छोड्नु भएको थियो । पुटिन भ्लादिभोस्तक हुँदै चीनको बेइजिङ आउन लाग्नुभएको छ । चीनमा आयोजना हुने बिआरआई अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन उहाँ त्यसतर्फ लाग्नु भएको छ ।
दुबै नेताबीच कोरियाली प्रायःद्वीपमा आणविक अप्रसारका साथै रुस–उत्तर कोरिया सम्बन्धलाई नयाँ आयाम दिने प्रयत्नमा केन्द्रित भएको रुसी अधिकारीले बताएका छन् । 
यद्यपी दुबै नेताका तर्फबाट संयुक्त वक्तव्य जारी नभएको र कुनै नयाँ सम्झौतामा हस्ताक्षर नभएको क्रेमलिनले जनाएको छ । 
रुसी राष्ट्रपति पुटिनले कोरियाली प्रायःद्वीपमा उत्पन्न तनाबका सन्दर्भमा आफ्ना तर्फबाट सकारात्मक प्रयत्न जारी राख्ने बताउनुभएको छ । उहाँले नेता किमलाई स्वागत गर्दै भन्नुभयो, “तपाइँको भ्रमणबाट द्विपक्षीय सम्बन्धमा अझ सुधार आउनेछ, र कोरियाली प्रायःद्वीपमा उत्पन्न विविध विषयलाई सम्बोधन गरी राम्रो समाधान खोज्नेतर्फ हामी सफल हुनेछौं ।” 
उत्तर कोरियाली नेता किमले भ्रमणका बारेमा पहिलो प्रतिक्रिया दिँदै कोरियाली प्रायःद्वीपका विविध विषयलाई सम्बोधन गर्न रुसी राष्ट्रपति पुटिनसँगको भेटवार्ता अर्थपूर्ण हुने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले, विश्वकै ध्यान कोरियाली प्रायःद्वीपमा केन्द्रित भएको छ ।”
किमका साथ उत्तर कोरियाका सैनिक, नागरिक एवं पार्टीका वरिष्ट अधिकारी सहभागी हुनुहुन्छ । रुसी प्रमण्डलमा रुसी उपप्रधानमन्त्री युरी टुटनेभ, विदेशमन्त्री सर्गेई लाभरोभ र यातायात मन्त्रीलगायत वरिष्ट अधिकारीहरु हुनुहुन्छ ।
Categorized in राष्ट्रिय