STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उत्पादित जडीबुटीले बजार पाएन

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १३, बुधबार

उत्पादितजडीबुटीको बजारीकरणसँगै प्रशोधनमा ध्यान दिनुपर्नेमा सहभागीले जोड दिएका छन् । डिभिजन वन कार्यालय भोजपुरमा आज आयोजना गरिएको जडीबुटीखेती सम्बन्धी अन्तरक्रियाका सहभागीले जिल्लामा धेरै प्रकारका जडीबुटी उत्पादन हुने गरेको भए पनि बजारीकरण तथा प्रशोधन केन्द्र नहुँदा समस्या हुने गरेकोले त्यसतर्फ ध्यान दिन सरोकारवाला पक्षलाई आग्रह गरेका हुन् । उनीहरुले जडीबुटी किसानले वास्तविक मूल्य नपाएको गुनासो समेत गरेका छन् । सबै सङ्घ संस्थाले उत्पादनमा मात्र जोड दिने तर त्यसको बजार कस्तो छ भनेर पहिचान नगर्दा किसान मारमा पर्ने गरेको जडीबुटी किसान उत्तम खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “हाल मैले एक सय मन चिराइतो उत्पादन गरेको छु, तर त्यसले बजार नपाउँदा सडेर जाने समस्या बढेको छ, यस्तो कुरामा पनि सरोकारवाला पक्ष सचेत हुनुपर्यो ।” भोजपुरमा जडीबुटीको प्रशस्त सम्भावना रहेकाले कुन हावापानीमा कस्तो प्रजातिको जडीबुटी कसरी उत्पादन हुन्छ, त्यसको पहिचान गरेर खेती गरे किसानले लाभ लिनसक्ने जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “यो जिल्ला जडीबुटीको धेरै सम्भावना बोकेको ठाउँ हो, विज्ञहरुले उचित खालको सल्लाह दिने हो भने यहाँ किसानले राम्रो आम्दानी लिनसक्नछन् ।”
Categorized in बिजनेस