उपत्यकाको निषेधाज्ञा अब असार १४ सम्म, सवारीमा जोरबिजोर, बार अनुसार पसल खोल्न पाइने
Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ ६, आइतबार
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्ब्याइएको छ ।
आइतबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले काठमाडौं उपत्यकामा निषेधाज्ञा १४ असारसम्म थप गर्ने निर्णय गरेको हो ।
यस्तै, उपत्यकामा निजी सवारीसाधन जोरबिजोर प्रणालीका आधारमा सञ्चालन गर्न दिने निर्णय बैठकले गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।
बैठकले बार अनुसार पसल खोल्न दिने पनि निर्णय गरेको उनले बताए । उ
नका अनुसार अब ८ असारबाट आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा पसल, मोबाइल पसल बिहान ११ बजेदेखि अपराह्न चार बजेसम्म खोल्न पाइनेछ ।
यस्तै, डिपार्टमेन्ट स्टोर र फेन्सी पसलहरू भने सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपराह्न चार बजेसम्म खोल्न पाइने उनले बताए । तर, खाद्यान्न र तरकारी पसल भने दैनिक बिहान ११ बजेसम्म मात्रै खोल्न पाइने बैठकले निर्णय गरेको छ ।
यसअघि हार्डवेयर पसलहरू बेलुका चार बजेपछि खोल्न दिने निर्णय गरेकोमा अब भने प्रत्येक बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म पसल खोल्न पाइने छ ।
कोरोना संक्रमितको संख्या घट्न थालेपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो बनाइएको छ ।
के गर्न पाइन्छ ?
- सवारीसाधन चलाउन : जोरबिजोर प्रणालीमा दिने
- सुनचाँदी, भाडा र मोबाइल पसल : आइतबार, मंगलबार र बिहीबार ११ बजेदेखि ४ बजेसम्म खुल्ने
- डिपार्टमेन्ट स्टोर, फेन्सीका पसलहरू : सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म खुल्ने
- खाद्यान्न पसल : हरेक दिन बिहान ११ बजेसम्म खुल्ने
- निर्माण सामग्रीका पसल : बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खुल्ने
Categorized in उपत्यका


