उपत्यकामा ११९ सहित थप ५९४ मा संक्रमण, मृत्यु हुने ९९ पुग्याे
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ३०, शुक्रबार
काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ११९ सहित थप ५९४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। याेसँगै नेपालमा कुल संक्रमितकाे संख्या संख्या २५ हजार ५ सय ५१ पुगेको हो ।
विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप ११९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
काठमाडौंका ८३ जना, भक्तपुरका ६ जना र ललितपुरका ३० जना गरी कुल ११९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए।
यसैगरी कोरोनाबाट ९९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ।
गत २४ घन्टामा ११ हजार ५ सय ७५ वटा पीसीआर नमूना परीक्षण भएका छन्। मन्त्रालयका अनुसार हालसम्म १७ हजार ७७ जनाले कोरोना जित्नेका छन्।क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ६ सय ३८ पुगेको छ भने आइसोलेसनमा ७ हजार ९ सय १३ जनाको उपचार भइराखेको छ ।
Categorized in राष्ट्रिय