STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ३०, मंगलबार

काठमाडौं – नेपालमा एकैदिनमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म यति धेरै संख्यामा कोरोना पुष्टि भएको यो पहिलोपटक हो । पर्सा जिल्लामा मात्र ३९ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी, त्यस्तै कपिलवस्तुका ८ जना, रुपन्देहीका ९ जना र बाराका १ जनामा कोरोना संक्रमणको पुष्टि भएको मन्त्रायले एक प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।
Categorized in राष्ट्रिय