एमसीसीलाई व्याख्यात्मक घोषणासहित आजै पास गर्ने गठबन्धनको निर्णय
Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण १५, आइतबार
काठमाडौं - सत्तारुढ गठबन्धनले अमेरिकी सहायता परियोजना एमसीसीलाई संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ ।
आइतबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमसीसीलाई व्याख्यात्मक घोषणासहित संसदबाट पास गर्ने निर्णय गरेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार आज बस्ने संसदको दोस्रो सेसनको बैठकले एमसीसीलाई पारित गर्नेछ ।
‘हामी एमसीसीलाई व्याख्यात्मक घोषणासहित संसदबाट पारित गर्न सहमत भएका छौँ,’ पौडेलले भने, ‘सदनमा उठेका प्रश्नको जवाफ सरकारले दिनेछ । त्यसपछि सदनको दोस्रो सेसनको बैठकबाट आजै पारित हुन्छ ।’
पौडेलले सदनमा उठेका प्रश्नको जवाफ र व्याख्यात्मक घोषणालाई समावेश गरेर एमसीसी पारित हुने बताए । पौडेलले एमसीसी विशुद्ध आर्थिक सहयोग भएको बताए । ‘यो विशुद्ध आर्थिक सहयोग हो । हामीले यसलाई विकास सहयोगका रूपमा मात्रे बुझ्छौँ भनेर व्याख्यात्मक घोषणामा सामावेश गर्नेछौँ,’ उनले भने ।
पौडेलले एमसीसी पारित गर्न प्रमुख प्रतिपक्षी दल एमालेको पनि सकारात्मक भूमिका हुने बताए ।
Categorized in राजनीति

