STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एमाले नेता अनिल पोखरेलविरूद्ध पक्राउ पुर्जी जारी

Janjati Khabar – Janjati Khabar | २०८१ पौष २२, सोमबार

काठमाडौं - प्रहरीले नेकपा (एमाले)का सांसद एवम् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई पक्राउ गर्न अनुमति लिएको छ ।

अनिलमाथि एमबीबीएसमा नाम निकालिदिने भन्दै ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ । प्रहरीले उनलाई पक्राउ गर्न अदालतसमक्ष अनुमति मागेको थियो । फेसबुक समेत लक गरी बसेका उनी हाल फरार छन् । केहीअघिसम्म उनी काठमाडौंमा थिए ।

जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले अनिललाई पक्राउ गर्न अदालतले सोमबार अनुमति दिएको जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले अब अनिलको खोजी सुरु गरी थप अनुसन्धान अघि बढ्ने जनाएको छ ।

वरिष्ठ कृषि प्रसार अधिकृतबाट अवकाश प्राप्त कर्मचारी सप्तरी घर भएका बैआलाल चौधरीको छोरीलाई एमबीबीएसमा नाम निकालिदिने भन्दै २०७१ देखि ०७३ का बीचमा पटक पटक गरेर ३८ लाख ८० हजार रुपैयाँ चेकमार्फत अनिलले बुझेका थिए । पटक पटक गरी चौधरीले नबिल बैंकको खातामार्फत रकम बुझेका थिए ।

Categorized in राजनीति