STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एमाले स्थायी कमिटी बैठक मंगलबारको लागि सर्‌याे

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ १७, सोमबार

काठमाडौँ - नेकपा एमालेको स्थायी कमिटीको बैठक सरेको छ ।

आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको कमिटीको बैठक मंगलबार बिहान ११ बजे बस्नेगरी सारिएको एमाले केन्द्रीय सदस्य तथा कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । राष्ट्रियसभा उपनिर्वाचनका कारण बैठक धकेलिएको बताइएको छ ।

यसअघि आइतबार साँझ बस्ने भनिएको बैठक पनि स्थगित भएको थियो ।

आजको बैठकमा आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा, स्पष्टीकरण सोधिएका पार्टीका १२ जना सांसदहरूको जवाफ र कारबाहीका विषयमा छलफल हुने बताइएको थियो ।

Categorized in राजनीति