ओलीको प्रश्न भारतलाई : सत्यमेव जयते कि सिंहमेव जयते ?
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ६, मंगलबार
काठमाडौं – प्रधानमन्त्री ओलीले भारतलाई प्रश्न गरेका छन्, ‘सत्यमेव जयते कि सिंहमेव जयते ?’
प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतसामु लिम्पियाधुरा, कालापानी र लिपुलेकमा सत्यको जित हुन्छ कि हुन्न भनेर प्रश्न गरेका छन् ।
प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषय अब ओझेलमा पर्न नदिने बताए ।
तर, भूमि फिर्ता सजिलो छैन भन्ने देखिएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘भारतको एउटा प्रतीक चिह्न छ भारत भनेर चिनिने । अशोकाले स्थापना गरेको चार मुखे सिंह । त्यसको मुनि सत्यमेव जयते लेखेको छ । म सोध्नेवाला छु सत्यमेव जयते कि सिंहमेव जयते ?’
उनले अघि भने, ‘नेपाल विश्वास गर्छ, सत्यमेव जयते । हामी हाम्रो भूमि फिर्ता गर्न सक्छौं किनभने सत्यमेव जयते ।’
Categorized in राजनीति