STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ओली र प्रचण्डबीच ‘वान टु वान’ वार्ता हुँदै

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २३, मंगलबार

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज मंगलबार पनि ‘वान टु वान’ वार्ता हुँदैछ । पार्टी भित्रको संकट समाधानका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली र प्रचण्डबीच ‘वान टु वान’ वार्ता हुने भएपनि समय तय भइसकेकाे छैन । नेताहरुबीच सोमबार झण्डै डेढ घण्टा ‘वान टु वान’ वार्ता भएको थियो । सोमबार वार्ता सुरु भएपनि पुन छलफल गर्नेगरी दुवै नेता उठेका थिए । यसअघि आइतबार भएको वार्तामा दोस्रो तहका नेताहरु समेत सहभागी भएपनि सोमबारबाट दुई अध्यक्षबीचमात्रै वार्ता गर्ने दुवै नेतावीच सहमत भएका थिए । त्यस्तै आवश्यक परे पार्टी वरिष्ठ नेतालाई समेत वार्तामा बोलाउन सकिने उनीहरुबीच कुराकानी भएको थियो । यसैवीच वार्तामा आफ्नो पक्षको सहभागीता नखोजिएको भन्दै बरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट बनेका छन् । नेताहरुबीच सहमति खोजन भन्दै जारी स्थायी समिति बैठक बुधबारसम्म स्थगित गरिएको छ । स्थायी समिति बैठकमा बहुमत सदस्यले ओलीको राजीनामा मागेपनि ओली राजीनामा नदिने पक्षमा छन् ।
Categorized in राजनीति