कपडामा सुनको लेप लगाएर तस्करी, दुई भारतीय पक्राउ
Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख ३१, सोमबार
काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीको सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
आइतबार साँझ पौने ७ बजे फ्लाई दुबईबाट आएका भारतीय नागरिकद्वय सुरेश कुमार र मोहनकुमार गणेशनलाई प्रहरीले सुनसहित पक्राउ गरेको हो ।
विमानस्थल सुरक्षा प्रमुख एसएसपी कृष्णहरि शर्मा पोखरेलका अनुसार उनीहरूले कपडामा सुनको लेप लगाएर ल्याएका थिए । बरामद सुन करिब हजार देखि १५ सय ग्रामसम्म हुनसक्ने प्रहरीको अनुमान छ ।
राष्ट्र बैंकले पगालेपछि मात्रै सुनको परिमाण यकिन हुने उनले बताए । बरामद सुन र पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाउने तयारी रहेको उनले बताए ।
Categorized in अपराध-दुर्घटना

