STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कर्णाली प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, ६ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ ३, सोमबार

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका सिफारिशमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका हुन् ।

प्रदेश प्रमुख कलौनीले मुख्यमन्त्री शाहीका नेतृत्वमा ६ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन  गरेका छन् ।

नन्दसिंह बुढालाई उद्योग, पर्यटन, वन तथा वातावरण, अम्मरबहादुर थापालाई भौतिक पूर्वाधार तथा शहरी विकास, कुर्मराज शाहीलाई भूमिव्यवस्था, कृषि तथा सहकारी, सीताकुमारी नेपालीलाई आन्तरिक मामिला, कानून, युवा तथा खेलकूद र गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

Categorized in राजनीति