STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कर्मचारी काममा फर्के

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १०, शुक्रबार

कर्मचारीलाई हातपा गर्नेले सार्वजनिक रुपमा माफी मागेपछि सिरहाको कल्याणपुर नगरपालिका कर्मचारी काममा फर्केका छन् । कार्यकक्षमै काम गरिरहेको बेला कल्याणपुर नगरपालिका ओभरसियर छेदीकुमार साफीलाई हातपात गर्ने कल्याणपुर नगरपालिका–७ रमपुरा भेडियाका दीपेन्द्र यादवलगायतले माफी मागेपछि कर्मचारी काममा फर्केका हुन् । सहकर्मीमाथि हातपात गर्नेलाई कारवाही गर्नुपर्ने, शान्ति सुरक्षाको प्रत्याभूति गराउनुपर्ने मागसहित दुई दिनदेखि नगरपालिकाका कर्मचारीले कामकाज ठप्प पारेका थिए । समस्या समाधानका लागि भएको छलफलमा हातपात गर्ने व्यक्तिले सार्वजनिक रुपमा माफी माग्दै अब उप्रान्त घटना नदोहो¥याउने प्रतिबद्धता जनाएकाले कर्मचारी काममा फर्केको कल्याणपुर नगरपालिकाका प्रमुख सूर्यनाथ मण्डलले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय