STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कांग्रेसले गर्यो प्रतिपक्षमा बस्ने निर्णय

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण २२, मंगलबार

काठमाडौं– नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको विश्वासको मत फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको छ। 

मंगलबार अपराह्न कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मत फिर्ता लिने निर्णय गरेको हो ।

बैठकको निर्णय सुनाउँदै उपसभापति धनराज गुरुङले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जुन साथ दिएका थियौं, विश्वास गरेका थियौं हामीले आजबाटै समर्थन फिर्ता लिने निर्णय गरेका छौं। अब हामी प्रतिपक्षमा बसेर अघि बढ्छौ।’ 

माओवादी अध्यक्ष तथा प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन फुटाएर एमाले, रास्वपासहितको चार दल सम्मिलित नयाँ समीकरण बनाएपछि  कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएर संसद्मा पनि प्रतिपक्षमा बस्ने निर्णय गरेको हो। 

Categorized in राजनीति