काठमाडौंका दुई नर्सको आरडिटी परीक्षण पोजेटिभ
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ९, मंगलबार
काठमाडौं– काठमाडौंका दुईजना नर्सको र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) विधिको परीक्षण पोजेटिभ आएको छ ।
कामको लागि त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा गइरहने ती दुईजना नर्सको आरडिटी परीक्षण पोजेटिभ देखिएपछि पिसिआर विधिको परीक्षण गर्नेभएको छ ।
दुवै नर्सलाई अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा राखिएको अस्पतालका प्रवक्ता अनुप बास्तोलाले जानकारी दिएका छन् ।
Categorized in राष्ट्रिय