STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौंका मेयर बालेन र उपमेयर सुनिताले नेपालभाषाबाट शपथ लिए

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १६, सोमबार

काठमाडौं - काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगाेलले पद तथा गोपनीयताको शपथ ग्रहण नेपालभाषामा लिएका छन् । 

आज बिहान राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराएका हुन् ।

पहिले नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उनले नेपाल भाषामा पनि शपथको व्यहोरा वाचन गरेका थिए । मेयर साह शपथ ग्रहण समारोहमा दौरा सुरुवाल र भादगाउँले टोपी लगाएर सहभागी भएका थिए ।

बालेनले शपथ ग्रहण गरेपछि उनले उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराएका छन् । सुनिताले नेपालभाषामा शपथ ग्रहण गरेकी छन् ।

त्यसपछि मेयर साहले वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराएका छन् ।

मेयर साह र उपमेयर डंगोलले आजै कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेकाे छ ।

Categorized in उपत्यका