STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौंको फोहर उठ्न अझै केही दिन लाग्ने

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण ३२, सोमबार

काठमाडौंका सडकमा देखिएका फोहर उठ्न अझै केही दिन लाग्ने भएको छ । महानगरपालिकाले अझै केही दिन घरघरबाट फोहोर नउठाउने भएको छ।

महानगरले सोमबार सूचना निकालेर अझै केही दिन फोहोर नउठाइने बताएको छ। नुवाकोटको ककनी गाउँपालिका सिस्डोलल्यान्डफिल्ड साइटको सडक बिग्रेकोले मर्मत गर्नुपर्ने अवस्थामा छ।

केहीदिनदेखि परेको वर्षाले ल्यान्डफिल्ड साइटमा सडक बिग्रेको छ। ‘सडक बिग्रेको कारण केही समयका लागि फोहोर ननिकाली दिनुहुन अपिल गर्दछौं,’ महानगरले सूचना निकालेर भनेको छ।

सडक मर्मत गरेपछि फोहोर लिन घरदैलोमा आउनेसमेत महानगरले बताएको छ।

उपत्यकाभित्र उत्सर्जित फोहोरमैला विसर्जनका लागि सिस्डोल ल्यान्डफिल्ड साइटमा पुर्‍याउने गरिएको थियो।



Categorized in उपत्यका