STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौं पुगेका अमेरिकी सहायक विदेशमन्त्री लूलाई कालो झण्डा

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण १२, बिहिबार

काठमाडौ‍ - संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लू बिहीबार अपराह्न काठमाडाैं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपालस्थित अमेरिकी राजदूतावासका उच्च अधिकारीले स्वागत गरेका थिए।  काठमाडौं पुगेका उनलाई विप्लव नेतृत्वको नेकपाले कालो झण्डा देखाएको छ। दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका लुको टोलीलाई विप्लब कार्यकर्ताहरुले गौशालामा कालो झन्डा देखाएका थिए।

मन्त्री लु गौशाला हुँदै होटल जाने क्रममा कालो झन्डा देखाएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। एमसीसी, एसपीपी खारेजीको माग राख्दै उनीहरुले कालो झण्डा देखाएका हुन्।

नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने निर्णय गरेपछि विदेशमन्त्री लू वस्तुस्थिति बुझ्न आएकाे बुझिएकाे छ।

सहायक विदेशमन्त्री लुले एसपीपीका बारेमा पनि नेपाललाई बुझ्ने र बुझाउने सक्दाे प्रयास हुन सक्ने स्राेतकाे दावी छ  । यसअघि नेपालबाट एमसीसी पारित गराउन पनि उनले मुख्य भूमिका खेलेका खेलेका थिए ।उनी गत मंसिर १ गते नेपाल आएका थिए ।

चाैतर्फी विराेध हुन थालेपछि सरकारले एसपीपीमा सहभागी नहुने निर्णय गरिसकेकाे छ । त्यसबारेमा जानकारी गराउन पत्र लेख्ने भनिए पनि सरकारले अहिलेसम्म पत्र नलेख्नुले आशंका गर्न बल पुगेकाे छ ।

एसपीपीमा सहभागी नहुने निर्णयले प्रधानमन्त्री शेरबहादुर देउवाकाे तय भएकाे अमेरिका भ्रमण समेत रद्ध भएकाे थियाे । सदनदेखि सडकसम्म एमसीसी र एसपीपीकाे  विराेध भइरहँदा अहिले हुन लागेकाे उनकाे याे भ्रमणलाई चासाेका साथ हेरिएकाे छ ।

Categorized in राजनीति