STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौं मलको अनधिकृत संरचना महानगरले भत्कायो

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र ८, बुधबार

काठमाडौं - काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचना हटाएको छ । बुधबार विहान मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख मिरा राणासहितको टोली पनि सो स्थानमा पुगेको छ । काठमाडौं मल कर्मचारी सञ्चय कोषको स्वामित्वमा छ ।

यो भवन भाडामा लिएकाहरुले अनधकिृत रुपमा नक्सा विपरीतका संरचना बनाएर उपयोग गरिरहेको थियो ।

जसले भूमिगत पार्किङमा समस्या थपेको छ ।

 

Categorized in उपत्यका