STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कोटेश्वरबाट फर्किएसँगै एमालेकाे बैठक सुरु

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ २६, शनिबार

काठमाडौं  - नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक सुरु भएको छ ।

माधव नेपाल पक्षका नेताहरु कोटेश्वरबाट फर्किएसँगै बैठक सुरु भएको हो ।

बैठक अघि माधव नेपाल पक्षीय कार्यदलका सदस्यहरु नेपालको निवास कोटेश्वरमा छलफलका लागि पुगेका थिए । दिउँसो साढे २ बजे बस्ने भनिएको बैठक ढिलागरी पौने ५ बजेदेखि सुरु भएको हो ।

शुक्रबार झण्डै ८ घण्टा सिंहदरबारमा बसेको कार्यदलको बैठकले विवाद निम्त्याएका एजेण्डामा सहमति जुटाएको नेताहरुको भनाई थियो ।

Categorized in राजनीति