STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कोरोना संक्रमणबाट एक वृद्धकाे मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २, शुक्रबार

सप्तरी – धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको बिहीबार राति अन्दाजी  १० बजेको समयमा मृत्यु भएको जनाइएको छ । यससंगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ ।
सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १ बस्ने ७३ वर्षीय वृद्धकाे कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
उनी गत असार ३१ गते सप्तरीको राजविराजबाट धरानस्थित प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका थिए ।  कोरोना संक्रमित व्यक्तिको बिहीबार बेलुका अन्दाजी ६ बजे कोभिड १९ परीक्षणमा पोजेटिभ देखिएको र उनको राति नै मृत्यु भएको हो । मृतकलाई उच्च रक्तचाप, मधुमेह, मुटुको रोगबाट समेत ग्रस्त रहेकाे अस्पतालले स्राेतले जनाएकाे छ । मृतकको परिवारले उपचारका लागि अस्पताल ल्याएको हुनाले कन्ट्रयाक्ट ट्र्यासिङको कार्य समेत अघि बढाएको अस्पतालले जनाएको छ । उनको शव अस्पतालमास्थित मर्चुरीमा राखिएको जनाएको छ ।  
Categorized in राष्ट्रिय