कोरोना संक्रमणबाट पूर्वन्यायाधीशको मृत्यु
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १६, मंगलबार
काठमाडाैं – कोरोना संक्रमणबाट पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको मृत्यु भएको छ ।
लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित चालिसेको काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो ।
७० वर्षीय चालिसे पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
Categorized in राष्ट्रिय