क्यानडामा ८० यात्रु सवार विमान अवतरण गर्ने क्रममा पल्टियो
Janjati Khabar – Janjati Khabar | २०८१ फाल्गुण ६, मंगलबार
एजेन्सी - क्यानडाको टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा एक विमान पल्टिएको छ । विमान अवतरण गर्ने समयमा उक्त दुर्घटना भएको हो ।
अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार द डेल्टा एयर लाइन्सको उडान ४८१९ स्थानीय समय अनुसार दिउँसो २ः४५ बजे अवतरण गर्ने क्रममा पल्टिएको थियो । विमानमा ८० जना सवार थिए ।
चिकित्सा सहायतामा संलग्न टोलीका अनुसार यस घटनामा १५ जना घाइते भएका छन्, जसमध्ये तीनजनाको अवस्था गम्भीर छ । घाइतेहरूमा एक बालक पनि छन् ।
सबै यात्रुलाई विमानबाट बाहिर निकालिएको थियो । विमान पल्टिनुको कारण अझै थाहा हुन सकेको छैन ।
Categorized in अन्तर्राष्ट्रिय

