खाेकनामा प्रहरीकाे जबर्जस्ती • स्थानीयलाई राेपाइँ गर्न दिइएन • घम्साघम्सीबीच राेपाइँ सम्पन्न
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १६, मंगलबार
काठमाडौं । मानो रोपेर मुरी उब्जाउने दिनका रुपमा लिइने असार १५ मा ललितपुरको खोकनामा भने फरक दृश्य देखियो ।
काठमाडौं–तराई फास्ट ट्रयाक पर्ने जग्गामा स्थानीय किसानले रोपाइँ गर्न लागेपछि पुगेको प्रहरीले रोक्ने प्रयास गरेको थियो । त्यसपछि स्थानीयले प्रतिवाद गर्न थालेपछि दुई पक्षबीच केहीबेर घम्साघम्सी हुन पुगेको थियो ।
स्थानीयले आफूहरुले रोपाइँ गर्न पाउनुपर्ने अडान लिएपछि प्रहरीको केही चलेन र सोही विवादित ठाउँमा स्थानीयले रोपाइँ गरेका छन् ।
सरकारले फास्ट ट्रयाक बनाउन ज्ग्गा अधिग्रहण गरेको बताए पनि किसानहरूले खोकनाका किसानले विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका छन् । उनीहरुले आफूहरुले सरकारबाट मुअब्जा नपाएको समेत दावी गर्दै आएका छन् ।
Categorized in उपत्यका