STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

खोप कार्ड अनिवार्यविरुद्ध सर्वोच्चमा रिट दायर

Janjati Khabar – Janjati Khabar | २०७८ माघ १८, मंगलबार

माघ १८, काठमाडौं - खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सविन पोख्रेलले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेका हुन्।

खोप कार्ड नभएकालाई सेवाबाट बञ्चित गर्नेदेखि सार्वजनिक स्थलमा प्रवेश रोकसमेत लगाउने सरकारी निर्णय गैरकानुनी रहेको जिकिर रिट निवेदनमा उल्लेख छ। निवेदनमा  सरकारको  निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गरिएको छ । 

Categorized in राजनीति