STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गाईजात्रा ननिकाल्न काठमाडौं महानगरपालिको अनुरोध

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १५, बिहिबार

काठमाडौं – कोरोना भाइरस संक्रमणको जोखिम यथावत रहेकाले यस वर्ष गाईजात्रा ननिकाल्न काठमाडौं महानगरपालिकाले सर्वसाधारणमा अनुरोध गरेको छ । महानगरपालिकाको आज बसेको बोर्ड बैठकले गाईजात्रा ननिकाल्न अनुरोध गर्ने निर्णय गरेको महानगरपालिका पर्यटन तथा सम्पदा समितिका संयोजक एवं १८ वडाध्यक्ष न्हुच्छेकाजि महर्जनले जानकारी दिएका छन् । यसअघि ज्यापु महागुथि काठमाडौं महानगर समितिले भने गाईजात्रा निकाल्नै पर्नेहरु मात्र सहभागी हुन भनी एक वक्तव्य जारी गरिसकेको छ । काठमाडौंमा बिहीबारमात्र ४१ जनामा कोरोना संक्रमण देखिएको थियो ।
Categorized in उपत्यका