STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गालय् वन लाई राष्ट्रिय पुरस्कार

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ आषाढ ३०, सोमबार

विजय बराल र उपासना सिंह ठकुरी  सर्वोत्कृष्ट ठहर 

नेपाल सरकार चलचित्र विकास बोर्डले आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कर–२०८१ समारोहमा नेपालभाषाको चलचित्र " गालय् वन " सर्वोत्कृष्ट अादिवासी चलचित्र पुरस्कार जित्न सफल भएको छ ।    सोमवार राष्ट्रपति भवनमा सम्पन्न पुरस्कार समारोहमा गालय् वन लाई सम्माननीय राष्ट्रपति राम चन्द्र पौडेलबाट यो पुरस्कार प्रदान गरिएको हो ।

बोर्डका अध्यक्ष दिनेश डिसि सभापति रहेको सो समारोहमा सदस्य सचिव राजेश थापाले स्वागत मन्तव्य राखेका थिए । सन्चार तथा सुचना प्रविधी मन्त्री पृथ्वी सुब्बा गुरुङ्ग  विशेेष उपस्थिति रहेको सो समारोहमा     अन्तरराष्ट्रीय रुपं चर्चित " शाम्बाला " लाई सर्वोत्कृष्ट फिल्म र सोही फिल्मका निर्देशक मिन बहादुर भाम लाई सर्वोत्कृष्ट निर्देशकको पुरस्कार प्रदान गरिएको थियो ।

 राष्ट्रिय चलचित्र पुरस्कर–२०८१ का  यस्तो छ विजेताहरुको सूचीः

उत्कृष्ट फिल्म: शाम्बाला

उत्कृष्ट अभिनेता: विजय बराल (पूर्ण बहादुरको सारंगी)

उत्कृष्ट अभिनेत्री: उपासना सिंह ठकुरी (खुस्मा)

उत्कृष्ट निर्देशक: मीनबहादुर भाम (शाम्बाला)

उत्कृष्ट सम्पादक: भरत रेग्मी (पुजार सार्की)

उत्कृष्ट छायाकार: पुरुषोत्तम प्रधान (पिताम्बर)

उत्कृष्ट लेखन: दीपकराज गिरी (छक्का पञ्जा ५)

उत्कृष्ट आदिवासी मातृभाषी चलचित्र: गालय् वन (नेपाल भाषा)

निर्णायक समिति प्रोत्साहन पुरस्कार

अभिनेता प्रदीप खड्का (पुजार सार्की)

विशेष योगदान सम्मान

प्रेम सुब्बा (कलाकार)

देविका वन्दना (गायिका)

दीर्घ गुरुङ (छायाकार)

अनुप बराल (कलाकार र निर्देशक)

परशुराम चौधरी (कलाकाररनिर्देशक)

सुरक्षा पन्त(कलाकार)

नकिम उद्दिन (प्रदर्शक)

उत्तम केसी (कलाकार)

अन्जु रञ्जितकार (कलाकार)

निखिल उप्रेती (कलाकार र निर्देशक)

विशेष चलचित्र पुरस्कार

चे (लिम्बु)

दिलसरा (मगर)

मरणोपरान्त विशेष योगदान सम्मान

प्राविधिक (प्रकाश व्यवस्थापक) स्व. श्रवण मास्के (वि.सं. २०४६ मा चलचित्र ‘चिनो’ छायाङ्कनको क्रममा निधन)

यस्तै गरी वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मालाई नगद ३ लाख ७५ हजार रुपिंया सहितको चलचित्र दीर्घ साधना सम्मान प्रदान गरिएको थियो ।

Categorized in सिनेमा