STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गीतकार शंकर अधिकारी ‘घायल’ रामेछाप सांस्कृतिक कलाकार समाजद्वारा सम्मानित

Janjati Khabar – विजयरत्न असंबरे | २०८० बैशाख १०, आइतबार

अहिले सफलताको शिखर चलिरहेको चलचित्र " छक्का पन्जा ४ ”  को अति लोकप्रिय गीत " सिरुपाते जुङ्गामा” गीतका गीतकार  शंकर अधिकारी ‘घायल’ लाई  रामेछाप सांस्कृतिक कलाकार समाजले सम्मान गरेका छन् ।

माननीय पर्यटन मन्त्री सुदन राई किराँतीबाट सम्मान प्रदान गर्नु भएको थियो ।  सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला, तिम्रो आँखा मा बस्ने रहर भो मलाई, घरी मुसु मुसु मुस्कुराएर मार्‍यौ, सिरुपाते जुँगामा दाहिने हातको ताउ लगाएत दर्जनौं गीतका सर्जक गीतकार घायल सम्मानित भएका हुन्। कार्यक्रममा गायक भोजराज काफ्ले लगायत रामेछापका समाजसेवि रमेश बाबू श्रेष्ठ लगायतलाई सम्मान गरिएको थियो। पछिल्लो समय गीतकार शंकर अधिकारी ‘घायल’ को ब्यस्तता निकै बढेको छ।

उनको गीतहरु दर्शक श्रोताले मन पराएका छन् भने चलचित्र निर्देशन क्षेत्रमा सकृय चलचित्रकर्मि हुन् ।

Categorized in साहित्य-कला