STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

"चट्ट कपाल कोरेर" को म्युजिक भिडियो सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ श्रावण २३, सोमबार

गायक तथा मोडेल दिपक बिडारी राजदिपले गाएको आधुनिक गीत "चट्ट कपाल कोरेर" को म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ। गायक राजदिप लाई उक्त गीतमा निकिता थापाले गायनमा साथ दिनु भएकी छिन् सो गीतमा बृजेश श्रेष्ठ को एरेन्ज र आशिष् प्रजापतिको सब्द रहेको , भिडियो आर्या इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भयको हो।

उक्त गीतको भिडियोलाई कपिल कार्कीको निर्देशन र अर्जुन सिलवालको कोरियोग्राफी रहेको छ। करिब एक दर्जन म्युजिक भिडियोमा मोडलिङ गरिसक्नु भएका राजदिप संगै आलिसा बास्तोलाले मोडलिङ गर्नु भएको यो भिडियोलाइ बालकुमार मगर ले छायाँकन गर्नु भएको हो  । 

सांस्कृतिक तथा एेतिहासिक नगर भक्तपुरको विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको उक्त भिडियो उत्कृष्ट बनेको निर्देसक कपिल कार्किले दावी गर्नु भएको छ । साइराम पिक्चर्स युटुब च्यानल बाट सार्वजनिक गरिएको यो गीतलाई शनिवार कागेश्वोरी मनोहरा महोत्सवमा विभिन्न चर्चित कलाकारहरुको हातबाट सार्वजनिक गरिएको थियो भने पत्रकार  तथा कार्यक्रम प्रस्तोता समीर लामाले उक्त बिमोचन कार्यक्रम संचालन गर्नु भएको हो ! 

गीत हेर्न यहाँ क्लिक गर्नुहोला

Categorized in साहित्य-कला