चलचित्र विकास बोर्डले गर्यो बक्स अफिस सिस्टम को अनुगमन
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ भाद्र ७, शनिबार
काठमाडौं उपत्यका सहित उपत्यकाबाहिरका विभिन्न जिल्लामा चलचित्र विकास बोर्डले २०८२ साउन २९ गतेदेखि भदौ ४ गतेसम्म बक्स अफिस प्रणालीको अनुगमन गरेको छ।
बोर्ड सदस्य गणेश सुबेदीसहित २२ जनाको टोलीले गोरखा, तनहुँ, कास्की, रुपन्देही, नवलपरासी, पाल्पा लगायतका जिल्लामा गरी ६० वटा चलचित्रघर निरीक्षण गरेको बोर्डले जनाएको छ । अनुगमनका क्रममा अधिकांश हलले बक्स अफिस प्रणाली अनुसार टिकट बिक्री गरिरहेका थिए भने दुई वटा सिंगल थिएटरमा भने ‘सिस्टम बिग्रिएको’ भन्दै म्यानुअल टिकट बिक्री भइरहेको फेला परेको हो ।
बोर्डलाई जानकारी नदिई म्यानुअल टिकट बिक्री गरेकाले ती हललाई नियमानुसार दण्ड–जरिवाना गरिने बोर्डले जनाएको छ।
यसअघि २०८१ मंसिरमा १४ जिल्लामा गरिएको अनुगमनका क्रममा अवैधानिक रूपमा सञ्चालन भइरहेका ९ हल कारबाहीमा परेका थिए भने ३ हलमा जिल्ला प्रशासनको समन्वयमा ताल्चा लगाइएको थियो।
बोर्डका अनुसार नियमित अनुगमनले चलचित्रघर नियमनमा रहने, शुल्क समयमै बुझाउने र बक्स अफिस प्रणालीको कार्यान्वयन प्रभावकारी हुने देखिएको छ।
Categorized in सिनेमा

