STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चिकित्सक संघको आन्दोलनका कार्यक्रम फिर्ता

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन २५, आइतबार

काठमाडौँ – नेपाल चिकित्सक संघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ ।

संघले सरकार र अनशनरत डा गोविन्द केसीबीच गए राति आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिइएको जनाएको छ । 

संघले आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालका आकस्मिक र  कोभिड–१९ बाहेकका सबै सेवा बहिष्कार गर्ने कार्यक्रम तय गरेको थियो । 

संघका महासचिव डा बद्री रिजालले आइतबार विज्ञप्ति जारी गर्दै सरकार र अनशनरत डा  केसी पक्षबीच सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको जानकारी दिनुभयो । 

Categorized in राजनीति