STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चेतन कार्की स्मृति पुरस्कार आकाश अधिकारीलाई र अभिनेत्री अनु, बबिता र पत्रकार गीता पनि पुरस्कृत हुने

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र ३०, शुक्रबार

नेपालमा चलचित्र निर्माण शुभारम्भ हुँदादेखि नै सकृय बिशिष्ट चलचित्रकर्मी चेतन कार्कीको स्मृतिमा स्थापित चेतन कार्की स्मृति पुरस्कार–०८०, निर्देशक आकाश अधिकारीलाई प्रदान गरिने भएको छ । यसका साथै यस वर्ष स्व.अभिनेत्री-मोडल निशा घिमिरेको स्मृतिमा स्थापना गरिएका क्रमशः निशा स्मृति पुरस्कार,निशा स्मृति प्रतिभा पुरस्कार र निशा स्मृति पत्रकारिता पुरस्कार–०८० पनि  प्रदान गरिने निर्णय भएको कुरा परिवर्तन नेपालद्वारा शुक्रबार प्रेषित बिज्ञप्तीमा उल्लेख छ । सो अनुसमर अभिनेत्री-मोडल अनु शाह र बबिता ढकाल (रोजा) तथा चलचित्र पत्रकार-गीतकार गीता अधिकारी नगद राशी सहितका बिभिन्न पुरस्कारबाट पुरस्कृत हुने बताइएको छ ।

विगत दुई दशकभन्दा लामो समयदेखि नेपाली चलचित्रको संरक्षण तथा श्रीबृद्धिमा बिभिन्न बिधाबाट अनवरत योगदान गरिरहेकाले निर्देशक तथा अभिनेता अधिकारीलाई नगद १५ हजार पुरस्कार राशीसहितको सो पुरस्कार प्रदान गर्न उपयुक्त भएको निर्णय पुरस्कार निर्णायक समितिका सदस्य परिवर्तन नेपालका अध्यक्ष मोहन निरौला, डिजाइनर सुन्दर श्रेष्ठ र बरिष्ट पत्रकार शान्तिप्रियले गरेका हुन । यो पुरस्कार गत बर्ष अभिनेता, निर्देशक देशभक्त खनाललाई प्रदान गरिएको थियो ।

निशा संरक्षण कोषका अध्यक्ष दुर्गानाथ दाहालको अध्यक्षतामा बसेको कोषको बैठकले विगत दुई दशक यता अनवरत रुपमा मोडलिङ तथा चलचित्र अभिनयमा सक्रिय अनु र विगत डेढ दशक यता मोडलिङ तथा अभिनयमा सक्रिय बबितालाई २०–२० हजार नगद राशीका निशा स्मृति पुरस्कार र निशा प्रतिभा पुरस्कार तथा विगत दुई दशक यता अनवरत कला पत्रकारितामा सक्रिय पत्रकार गीतालाई नगद १० हजार राशीको निशा स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको बताइएको छ । पुरस्कार १३ बैशाखमा राजधानीमा एक समारोहका बीच प्रदान गरिने भएको छ ।

Categorized in साहित्य-कला