STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जलहरी प्रकरण : ढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

Janjati Khabar – Janjati Khabar | २०८० आश्विन १४, आइतबार

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा मुद्दा दायर गरेको छ ।

अख्तियारले पशुपति मन्दिरमा जलहरी राख्नेक्रममा सुन हिनामिना गरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका तत्कालिन सदस्य सचिव डा. प्रदीपकुमार ढकाल र तत्कालिन कोषाध्यक्ष मिलनकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगले उनीहरुले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

Categorized in अपराध-दुर्घटना