STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जात र समुदायभन्दा समाचारको विषय महत्वपूर्ण

Janjati Khabar – जनजाति खबर | २०७६ पौष २२, मंगलबार

आमसञ्चार विधामा जात र समुदायबाट प्रतिनिधित्व गरेका आधारमा विभेद गर्न नहुनेमा दलित समुदायका सञ्चारकर्मीले आग्रह गरेका छन् । प्रेस काउन्सिल नेपालद्वारा सोमबार यहाँ आयोजित साक्षात्कारका सहभागीले जात र समुदाय भन्दा समाचारको विषय महत्वपूर्ण हुनेमा जोड दिनुभयो । काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकारितामा समावेशीताको मुद्दासँगै प्रतिस्पर्धात्मक क्षमता जरुरी हुन्छ भन्नुभयो । उहाँले लेखन क्षमतामा आधारित पत्रकारिता पेशा भएकाले यसलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्दै दलित समुदायका पत्रकारको क्षमता विकासमा सहकार्य गर्न काउन्सिल तयार रहेको जानकारी दिनुभयो । सङ्घका अध्यक्ष पवित्रा सुनारले व्यावसायिक पत्रकारिताको विकाससँगै सङ्घले दलित समुदायका पत्रकारको क्षमता विकासमा जोड दिएको बताउनुभयो । काउन्सिलका सञ्चालक समिति सदस्य ईश्वरीप्रसाद ओझा, चेतनाथ धमला, मुख्य अधिकृत झविन्द्र भुसालले दलित पत्रकारको क्षमता विकासमा काउन्सिलको सहयोग रहने छ भन्नुभयो । सङ्घका उपाध्यक्ष टीकाराम सुनार, महासचिव केशव भूल, सचिव विश्वास खड्काथोकी, कोषाध्यक्ष विष्णु विश्वकर्मा, सदस्य रमेश टमटा, मिलन विश्वकर्मा, विष्णु रैगाई ९परियार० लगायतले सञ्चार विधामा दलित समुदायका पत्रकारको समान सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।
Categorized in राष्ट्रिय