STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जापानी दूतावास बाहिर कोरियाली वृद्धले गरे आत्महत्या

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ३, शुक्रबार

दक्षिण कोरियाको राजधानी सियोलस्थित जापानी राजदूतावास अघिल्तिर एक जना वृद्ध कोरियालीले आत्महत्या गरेका छन् । जापानसँग व्यापार तथा कुटनीतिक विवाद चर्किरहेकै बेला करिब ७० वर्षका एक कोरियाली वृद्धले आफैँलाई आगो लगाएर आत्महत्या गरेका छन् । कोरियाली प्रहरीले जापानी राजदूतावासको अघिल्तिर पार्क गरिएको कारमा आगो लागेको र उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाएको छ । प्रहरीले कारभित्र २० वटा ग्यास सिलिन्डर पनि फेला परेको बताएको छ । एक स्थानीय सञ्चार माध्यमले मृत्यु भएका व्यक्तिका ससुरा जापान युद्धका बेला जापानीहरुले जबर्जस्ती दास बनाइएको बताएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय